काठमाडौं, २४ चैत । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी छ ।
दलको कार्यालय सिंहदरबारमा विहान ११ बजे सुरु भएको मतदान २ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार दलको नेता चयनका लागि भइरहेको मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएकाले नतिजा पनि छिट्टै आउने छ ।
अहिले सांसदहरुले मतदान गरिरहेका छन् ।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।













प्रतिक्रिया