१ कार्तिक २०८३, आइतबार

डीआइजीलाई निलम्बन गर्न अख्तियारको निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police

काठमाडौं, १५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको अभियोगमा नेपाल प्रहरीका डीआइजी गोपाल भण्डारीलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

बिहीबार गृह मन्त्रालयलाई पत्र पठाउँदै अख्तियारले डीआइजी भण्डारीलाई निलम्बन गर्न निर्देशन दिएको हो । अख्तियारको छानबिनमा रहेका भण्डारीमाथि त्रिभुवन विमानस्थलको प्रमुख रहँदा अकुत सम्पत्ति कमाएको अभियोग छ ।

बिमानस्थलमा तस्करी गरेको अभियोगमा उनलाई तीन महिना अघि नै प्रहरी प्रधान कार्यालय झिकाएर अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा उनी दोषी भेटिएको अख्तियार स्रोतको दाबी छ ।

बिमानस्थलको प्रमुख भएपछि विभिन्न आरोप खेपेका भण्डारीले सेवाग्राहीबाट ल्यापटप, भारतीय रुपैंया लगायतका बहुमल्य सामान लिएको आरोप पनि लागेको थियो ।