काठमाडौं, २३ चैत । राष्ट्रिय गौरवको रुपमा रहेको ऐतिहासिक सम्पदा धरहराको पुनर्निर्माणका लागि प्रधानमन्त्रीका सहयोगीहरुले तीन दिन बराबरको तलव दिने भएका छन् ।
‘मेरो धरहरा मै मनाउँछु’ अन्तर्गत स्थापित कोषमा प्रधानमन्त्रीका सल्लाहकार समूह र स्वकीय सचिवालयका सबै सल्लाहकार, विज्ञ र स्वकीय सचिवहरुका तर्फबाट मासिक तलवको तीन दिन बराबरको रकम जम्मा गर्ने निर्णय भएको हो । काठमाडौंको थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा रहेको धरहरा पुनर्निर्माण कोणको खाता नम्बर १४३०००१९८००१ मा चैत महिनाको तलबबाट कट्टा गरी जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसअघि नै कोषको शुभारम्भ गर्दै आफ्नो एक महिनाको तलव कोषमा जम्मा गरिसक्नुभएको छ ।












प्रतिक्रिया