१ कार्तिक २०८३, आइतबार

रिम्पोचेको पार्थिव शरीरको अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

get_img (1)काठमाडौँ, १५ साउन । वौद्ध धर्मगुरु रिम्पोचेको बिहीवार काठमाडौंको रानीवनस्थि स्यारभन गुम्बामा अन्त्येष्ठि गरिएको छ ।

१४ औं दिवंगत धर्मगुरु रिम्पोचेको शवलाई अन्तिम श्रद्धाञ्जली दिएपछि गुम्वा परिसरमै अग्निदाह गरिएको हो ।

रिम्पोचेको पार्थिव शरीरमा सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले खादा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

रिम्पोचेको ६२ वर्षको उमेरमा गत जेठ २८ गते हृदयघातका कारण जर्मनीमा मृत्यु भएको थियो । उहाँको शव भुटान हुँदै मंगलवार नेपाल ल्याइएको थियो ।

रिम्पोचेको अग्निदाहमा सहभागी हुन नेपालसँगै भारत र भुटानबाट पनि हजारौं अनुयायी आएका थिए ।

भुटानमा जन्मेर पनि नेपाललाई कर्मथलो बनाउनु भएका रिम्पोचेले नेपाल, भारत, भुटान र युरोपसम्मका देशमा करिब ९ सयवटा बौद्ध धर्म अध्ययन केन्द्र खोलेका देखिन्छ । ती अध्ययन केन्द्रमध्येको रानीवन गुम्वा प्रमुख हो।