काठमाडौँ, १५ साउन । वीर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा पारेको छ ।
अस्पताल भित्र आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले बिहीवार छापा मारेको हो । विगत ५ दिनदेखि वीर अस्पतालका आवासीय चिकित्सकहरु आन्दोलन गरिरहेका बेला अख्तियारले त्यहाँ छापा मारेको छ ।
वीर अस्पतालभित्र आर्थिक अनियमितता र भ्रष्टाचारको उजुरी समेत परेकाले अख्तियारले छापा मारेको बताएको छ । उजुरी परेका सम्बद्ध शाखाबाट आवश्यक कागजात तथा फाइलहरु अख्तियारले कब्जामा लिएको छ ।
देशकै ठूलो र पुरानो वीर अस्पतालमा आवासीय चिकित्सकहरुको आन्दोलनका कारण उपचार गर्न आएका हजारौं विरामीहरु अलपत्र परेका परेका छन् ।
















प्रतिक्रिया