३० आश्विन २०८३, शुक्रबार

मोदीको भ्रमणले बढायो प्रधानमन्त्रीको व्यस्तता, बिहानै सर्वदलीय बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala

काठमाडौँ, १५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा बिहीबार प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइराला, अर्थमन्त्री डा. रामशरण महत र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीको भ्रमणको तयारी र नेपाल–भारत संयुक्त आयोगको बैठकमा भएका समझदारीबारे जानकारी गराउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी यही साउन १८ गते दुई दिने भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ ।

बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई दुवै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रुपमा लिन आग्रह गर्नुभएको थियो ।

बैठकमा सहभागी समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत् परियोजना, मध्यपहाडी र हुलाकी राजमार्गलगायत बृहत् आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सुझाव दिइएको बताउनुभयो ।