१६ कार्तिक २०८३, सोमबार

आठ जिल्लाका आठ गाविसमा अनुदान वितरण सुरु गरिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1459690955303_PP-Gorkha-CDO-Bhatta-001

काठमाडौँ, २१ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आठ जिल्लाका एक/एक गाविसमा अनुदान प्राप्त गर्ने भूकम्पपीडितको नाम सार्वजनिक गरेको छ ।

अनुदान प्राप्त गर्नेको नाम केन्द्रमा प्राधिकरण, जिल्लामा जिल्ला विकास समिति र गाविस कार्यालयमा आज टाँस गरिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

रामेछापको ओखरेनी, ओखलढुङ्गाको रुम्जाटार, सिन्धुलीको रातमाटे झाँगाझोली, काभे्रपलाञ्चोकको रविओपी, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, रसुवाको बृदिङ र गोरखाको हंसपुर गाविसमा रु दुई लाख अनुदान पाउनेको विवरण सार्वजनिक गरिएको हो ।

यी गाविसमा सोमबारदेखि अनुदानको पहिलो किस्ताको रकम वितरण सुरु गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु ८० हजार र तेस्रो किस्तामा रु ७० हजार गरी रु दुई लाख अनुदान सहयोग दिने नीति बनाएको छ । रासस