१ कार्तिक २०८३, शनिबार

पेसिडेन्ट कप फुटबलः टेन्सवर्ग फर्साटिकर -११ विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-butwal

– विकाश पराजुली
बुटवल २१ चैत । बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत आईतबार भएको खेलमा टेन्सवर्ग फर्साटिकर –११ विजयी भएको छ ।

बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा क्यानडी ट्रिनिटी क्लव स्याङ्जालाई १–० ले हराउँदै फर्साटिकर ११ विजयी भएको हो । फर्साटिकर ११ का लागि एक मात्र निर्णायक गोल खेलको ४४ मिनेटमा महेश चन्दले गरे । विजयी सँगै फर्साटिकर– ११ ले चैत २३ गते हुने त्रिभुवन आर्मी क्लव, काठमाडौंको भेट पक्का गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन–११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाईनल खेलमा नवलपरासी ११ र नवजनजागृती युवा क्लव (सिमरा) विरगंजका बीच ठिक ३ बजेदेखि खेल सुरु हुनेछ ।