१६ कार्तिक २०८३, सोमबार

सेनाद्वारा तटबन्ध निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Army

भीमदत्तनगर, २१ चैत । कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडास्थित सार्की टोलमा नेपाली सेनाको पहलमा आजदेखि तटबन्ध निर्माण सुरु भएको छ ।

नेपाली सेनाको हनुमानध्वज गुल्म कञ्चनपुरले आफ्नो पहलमा सैनिक जनशक्ति लगाएर चौधर खोलामा तटबन्ध निर्माण थालेको गुल्मपति सेनानी सुमनकुमार पण्डितले जानकारी दिनुभयो ।

तटबन्ध निर्माण कार्यको उद्घाटन श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी पदमकुमार आङ्बोले गर्नुभएको हो । सेनाका साथै तटबन्ध निर्माणमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय कञ्चनपुुर, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र स्थानीयवासीको सहयोग छ ।

“पटक पटकको बाढीले १० बिघा खेत र १५ परिवार विस्थापित गरिसकेको थियो”, स्थानीयवासी कमलबहादुर थापाले भन्नुभयो–“अब तटबन्ध बनेपछि यसपालिदेखि अलि त्रास हट्ने भो ।” गुल्मपति पण्डितले सैनिक र नागरिक सम्बन्ध सुदृढ गर्न पनि तटबन्ध निर्माणमा लागेको बताउनुभयो । “दलितबस्ती त्यसैमा बाढी कटानको पीडाले टोल नै समस्यामा रहेछ”, उहाँले भन्नुभयो । रासस