३० आश्विन २०८३, शुक्रबार

यौनधन्दा चलाउने सात जनालाई जेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Inmates rest at  a workshop at a state maximum security jail in Padova

इटहरी, १५ साउन । प्रहरीले अवैध यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरी अदालत बुझाएको इटहरी तथा यसआसपासका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद कोइरालाको एकल इजलासले बुधबार ढिलो गरी होटल तथा रेस्टुरा चलाउँदै आएका राधा तामाङ महर्जन, राधा आचार्य प्रधान, ज्ञानु राई भन्ने ज्ञानमाया राई, सपना शाक्य श्रेष्ठ, सरु भनिने सावित्री भण्डारी गिरी र मनोज चौधरीलाई कारागार चलान गरेको हो ।

गत असार १६ गते इलाका प्रहरी कार्यालय इटहरीको टोलीले अभियुक्तलाई विगतमा यौनधन्दा चलाएको भन्दै नियन्त्रणमा लिएर मानव बेचबिखन तथा जीउ मास्नेबेच्ने अभियोगअन्तर्गत मुद्दा तयार गरेर जिल्ला अदालतमा बुझाएको थियो ।

सोही मुद्दामाथि भएको बहसपछि सो इजलासले अभियुक्तहरूलाई अदालती बन्दोबस्ती देह व्यापार ऐन, २०१८ अन्तर्गत थुनामा पठाउने आदेश दिएको हो ।