१ कार्तिक २०८३, आइतबार

बाहुन डनलाई १५ वर्ष कैद !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

don-ramesh-bahun

काठमाडौं, १५ साउन । गुन्डागर्दीका नाइके रमेश बाहुन भनिन् सुजन पौडेलविरुद्ध प्रहरीले १५ वर्ष कैद सजाय माग गरी मुद्धा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला सहकारी वकिलको कार्यालय मार्फत बुधबार लागू औषध मुद्धा दायर गरेको हो ।

बाहुन गत ११ असारमा २४ दशमलव ४ ग्राम खैरो हेरोइन र पेस्तोल सहित पक्राउ परेका थिए । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ को २ अनुसार उनीविरुद्ध मुद्धा दायर गरिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।२५ ग्रामदेखि सय ग्राम खैरो हेरोइन बरामद भएमा १५ वर्षसम्म कैद सजाय हुने लागुऔषध नियन्त्रण ऐनमा उल्लेख छ ।

एमाले कार्यकर्ता समेत रहेका बाहुन पार्टीमा ठूला नेताहरुसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । नेपाली सेनाका भगौडा बाहुन एक दशकदेखि गुन्डागर्दी र जर्वजस्तीमा असुली धन्दा चलाउँदै आएका थिए । गत ४ माभमा बाहुनले ललितपुरका मीनकृष्ण महर्जनलाई गोली हानेका थिए ।