८ कार्तिक २०८३, आइतबार

एमाओवादीमा गएका एमाले नेता-कार्यकर्ता फर्किदै, को-को आए ? (नामसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Central-Office

काठमाडौं, २० चैत । चारबर्षअघि नेकपा एमाले परित्याग गरी एकीकृत नेकपा माओवादीमा समाहित भएका खैराङका नेता तथा कार्यकर्ताहरु पुनः एमालेमै फर्किएका छन् । एमालेले सञ्चालन गरेको गाविसस्तरीय अभियानका क्रममा उनीहरु एमालेमै फर्किएका हुन् ।

एमाओवादीबाट एमालेमा फर्कनेहरुमा खैराङ गाविसका पूर्व उपाध्यक्ष समेत भइसकेका खुपबहादुर मल्ल, शिवकुमार मल्ल, राजकुमार प्रजा, कृष्णबहादुर सुनार, मिलन खान ठकुरी, विकेश प्रजा, दुतविक्रम ठकुरी, बाबुराम पाख्रीन, सूर्यवहादुर गोङ्बा, तिलकबहादुर खड्का, कृष्णबहादुर प्रजा, कलमबहादुर चेपाङ, रमेश चेपाङसहित ३५ जना छन् ।

त्यसैगरी नेपाली काँग्रेस परित्याग गरी बिजय थिङ समेत एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ । घर फर्किएकाहरुलाई एमालेका नेता लालबहादुर थापासहितको टोलीले स्वागत गरेको थियो ।  अभियानकै क्रममा एमालेले खैराङ गाविसमा संगठन मजबुत गरेको छ । नेकपा एमाले क्षेत्रीय सदस्य तथा खैराङ इन्चार्ज शमसेर थिङका अनुसार  खैराङमा ९ वटै वडा कमिटीहरु निर्माण भएका छन् ।
वडा नं १ मा ढकबहादुर राउतको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी, वडा नं २ मा कृष्णबहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी, वडा नं ३ मान गंगाकुमारी मल्लको अध्यक्षतामा ७ सदस्यीय वडा कमिटी, वडा नं ४ मा जीतबहादुर मल्लको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन भएको हो ।त्यसैगरी वडा नं ५ विपीमायाँ मुक्तानको अध्यक्षतामा ११ सदस्यीय, वडा नं ६ मा इमानसिंह घलानको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी, वडा नं ७ मा रामबहादुर स्याङ्तानको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
त्यसैगरी वडा नं ८ मा झलकबहादुर थिङको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी तथा वडा नं ९ मा डिलबहादुर वाइबाको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी निर्माण भएको खैराङ इन्चार्ज थिङले जानकारी दिए । खैराङमै कल्पना थिङको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ र तिलकबहादुर खड्काको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल किसान महासंघको गठन भएको छ ।
नवगठित वडा कमिटी र वर्गीय संगठनका पदाधिकारीहरुलाई एक समारोहका बीच सामूहिक सपथ गरिएको छ । गाउँ कमिटी अध्यक्ष भोजविक्रम मल्लको सभाध्यक्षतामा भएको सपथ तथा गाविसस्तरीय भेलामा जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय इन्चार्ज लालबहादुर थापा, जिल्ला सदस्य नवराज सुवेदी, क्षेत्रीय अध्यक्ष हेमलाल उप्रेती, उपाध्यक्ष मानबहादुर वाइबा, क्षेत्रीय सदस्य शमसेर थिङ, अनेमसंघ जिल्ला सदस्य अनिता शाह, युवा संघका जिल्ला सदस्य दुर्गा थिङ, अनेरास्ववियुका श्रीमान नेगी तथा युवा संघ गाउँ कमिटीमा अध्यक्ष बीरबहादुर थिङले मन्तब्य व्यक्त गरेका थिए । दामन पोष्टमा समाचार छ ।