८ कार्तिक २०८३, आइतबार

भारतविरुद्ध सरकारको कठोर निर्णय, भारत-इयु राजदूतसँग स्पष्टीकरण लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-cabinet-1st-meeting

काठमाडौं, २० चैत । भारत र युरोपेली युनियनका संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै सरकारले त्यसबारे भारत र युरोपेली युनियन (इयु)का राजदूतसँग स्पष्टीकरण लिने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारत र युरोपेली युनियनले नेपालको सार्वभौभसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रष्टीकरण लिने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए ।

‘परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार भारत र युरोपेली युनियनले नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको भन्दै त्यस विषयमा सम्बन्धित मुलुकका राजदूतसँग प्रस्टीकरण लिने निर्णय भएको छ,’ उनले भने । अन्नपूर्ण पोस्टमा खबर छ ।