८ कार्तिक २०८३, आइतबार

यसरी ठग्दै छन् बीमा कम्पनीले नेपाली जनता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Beema Samiti Logoकाठमाडौं, १९ चैत । महाभूकम्पले क्षति भएर बीमा दाबी गरेका करिव ४ हजार ८ सय निवेदकले भुक्तानी नपाउने भएका छन् ।

यो कुल दाबी संख्याको २७ दशमलव ८ प्रतिशत हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनीहरुले बीमा गर्दा सही गरेको कागज बीमालेखले नसमेटेको भन्दै कम्पनीले यी बिमितलाई भुक्तानी दिन नसकिने जनाएका छन् ।

पीडितहरु भने यो मान्न तयार छैनन । बीमा कम्पनीकै लापरवाही र ठग्ने प्रवृतिले गर्दा दाबी नपाएको उनीहरुको गुनासो छ ।