१ कार्तिक २०८३, शनिबार

वेष्ट इण्डिजलाई भारतले दियो १९३ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

viratkohliap

काठमाडौं, १८ चैत । टी–२० विश्वकप क्रिकेट अन्तर्गत घरेलु मैदानमा भारतले वेष्ट इण्डिजसामु १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मुम्बईमा टस हारेर व्याटिङ गरेको भारतका लागि विराट कोहलीले सर्वाधिक ८९ रन हान्दा निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाउँदै भारतले १९२ रन बनायो ।

४६ बल खेलेका कोहलीले १० चौका र १ छक्का प्रहार गरेका थिए ।

पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै भारतका लागि ओपनर रोहित शर्मा र अजेन्का रहाणेले पहिलो विकेटका लागि ७.२ ओभर खेले । शर्माले ३१ बल खेल्दै ३ चौका र ३ छक्कासहित ४३ रन बनाए । यस्तै रहाणेले ३५ बलमा ४० रन बनाएर आउट भए ।

कप्तान महेन्द्र सिंह धोनीले १५ रन बनाए । वेष्टइण्डिजका लागि आन्द्रे रूसेल र सामुल बाड्रेले १–१ विकेट लिए ।