– विकाश पराजुली
बुटवल, १८ चैत । बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत भोली (शुक्रबार) देखि क्वाटरफाईनलका खेल सुरु हुँदै छन ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा खनाल ब्रदर्श रुपन्देही र विभागिय टिम ए.पि.एफ काठमाडौले प्रतिस्पर्धा गर्दैछन् ।
खनाल ब्रदर्शले मदन भण्डारी स्पोट्स एकेडेमी नवलपरासीलाई हराउँदै क्वाटरफाईनलको यात्रा तय गरेको थियो ।
त्यस अघि विहिबार भएको खेलमा नवलपरासी–११ विजयी भएको छ । घरेलु टिम सिम्रिक युवा क्लवलाई २-१ ले हराउँदै नवलपरासी–११ विजयी हुँदै क्वाटरफाईलनमा प्रवेश गरेको छ । १२ औं मिनेटमा जगत चौधरीको गोल मार्फत अग्रता बनाएको नवलपरासी–११ का लागि अर्को गोल खेलको ३१ औं मिनेटमा सवि गुरुङले गरे । सिम्रिकका लागि एक मात्र सान्त्वना गोल दोस्रो हाफको ३७ औं मिनेटमा पेनाल्टी मार्फत अनिल गुरुङले गरे ।
चैत १६ गते देखि सुरु भएको प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, एपिएफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन-११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर-११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५/५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
















प्रतिक्रिया