८ कार्तिक २०८३, आइतबार

भारतबाट तेल आएन, फेरि नाकाबन्दीको संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flag

काठमाडौं, १८ चैत । भारतले नेपालमा लगाएको नाकाबन्दी खुलाए पनि झापा लगायत मेचीमा पेट्रोलियम पदार्थको अभाव यथावत रहेको छ ।

 पेट्रोलियम पदार्थ अभावका कारण अहिले पनि उपभोक्ता कालोबजारी मार्फत चर्को मूल्यमा पेट्रोल तथा डिजेल किन्न बाध्य भएका छन् ।

समस्यातर्फ सम्बन्धित निकायको चासो नदेखाएका कारण भारतको सिलगुढी डिपोबाट पूर्वी नाका काकारभिट्टाबाट भित्रिने पेट्रोलियम पदार्थ नेपाल आयल निगमको चारआली डिपोले कहाँ, कसरी र के आधारले वितरण गरिरहेको छ, अहिले चर्चाको विषय बनेको छ ।

यता प्रधानमन्त्रीको चीन भ्रमकै बेला दिल्ली गएर फर्किएका भारतीय राजदूत रञ्जीत रेले फेरि नाकाबन्दीको संकेतसहितको सन्देश ल्याएका छन् ।

उक्त सन्देश प्रधानमन्त्रीलाई भेटेर सुनाउने कार्यक्रम तय भएको दूतावास स्रोतले जनायो । समाचारपत्र दैनिकमा खबर छ ।