१ कार्तिक २०८३, शनिबार

स्पेनिस क्लब मार्बेलाबाट अञ्जनले गरे निर्णायक गोल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anjan-bista

काठमाडौं, १७ चैत । युरोपको टुरमा रहेका नेपाली फुटबलर अन्जन विष्टले स्पेनिस क्लब मार्बेला युनाइटेडबाट गोल गर्न सफल भएका छन् ।

सोमबार भएको खेलमका एनईसी नाइमेगनविरुद्धको खेलमा अन्जनले मार्बेलाका लागि निर्णायक गोल गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

अन्जनले गरेको गोलको मद्दतमा मार्बेलाले एनईसी नाइमेगनको यू–१९ टोलीलाई १–० ले हराएको छ ।

बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप र भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै चर्चित स्पेनिस क्लब मार्बेलाले नेपाली फुटबलर विमल घर्तीमगर, अञ्जन विष्ट र अनन्त विष्टलाई बोलाएको थियो ।