दाङ, १४ साउन । दाङको वेलझण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा बुधवार अख्तियारले छापा मारेको छ ।
अनियमितता भएको आंशकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट गएको टोलीले विश्वविद्यालयमा छापा मारेको हो ।
छापा मार्ने क्रममा विश्वविद्यालयबाट विभिन्न कागजातसमेत अख्तियारले नियन्त्रणमा लिएको छ ।
कर्मचारी भर्ना, विभिन्न समयका निर्णयका माइन्युट र कर्मचारीका माग लगायतका विषयमा विवाद चर्केको बेला अख्तियारले छपा मारेको हो ।
















प्रतिक्रिया