१ कार्तिक २०८३, शनिबार

राजनीतिज्ञ र पत्रकारबीच मैत्रीपूर्ण फुटबलः गगनदेखि रामकुमारीसम्मले खेल्न भ्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan_ Football (7)

काठमाडौँ, १७ चैत । नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा राजनीतिज्ञको टोली र पत्रकारको टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको निर्धारित ६० मिनेटको खेलमा पत्रकारको टोलीले ३–२ गोल अन्तरले जित हात पा¥यो ।

खेल सकिन एक मिनेट बाँकी रहँदा पत्रकार सुन्दर खनालले गोल गरेपछि पत्रकार टोलीको जित सुनिश्चित भएको हो । पहिलो हाफमा पनि उहाँले नै दुई गोल गर्नुभएको थियो ।

पत्रकारका सुदीप बुढाथोकीबाट एक आत्मघाती हुनपुग्यो । त्यस्तै जीवन केसीले अर्को गोल फर्काए पनि राजनीतिज्ञको जितका लागि पर्याप्त भएन ।

Gagan_ Football (1)

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राजनीतिज्ञ टोलीको नेतृत्व गर्नुभएको थियो भने पत्रकार टोलीको नेतृत्व पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले गर्नुभएको थियो ।

युवा राजनीतिज्ञका बाहुल्यता भएको टोलीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेसका नेता गगनकुमार थापा, प्रदीप पौडेल, रामहरि खतिवडा, गुरुराज घिमिरे, नेकपा (एमाले)का विकास लम्साल, रामकुमारी झाँक्री, नविना लामा, राजीव पहारी, माधव ढुङ्गेल, एनेकपा माओवादीका धर्मशीला चापागार्इं तथा नयाँ शक्ति नेपालका गङ्गा श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

त्यसैगरी, पत्रकार टोलीमा महासचिव उजिर मगर, दिलीप थापामगर, दिल तामाङ, सरस्वती ढकाललगायत हुनुहुन्थ्यो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री राईले खेलले पत्रकार र राजनीतिक दलबीच आत्मीयता बढाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो – “आगामी दिन यस्तो मैत्रीपूर्ण खेल आयोजना भइरहनुपर्छ ।”

गृहमन्त्री बस्नेतले धेरै समयपछि फुटबल खेल्दा रमाइलो अनुभव भएको बताउनुभयो । त्यस्तै युवा नेता थापाले खेल्ने अभ्यास नभएपनि दुवै टोलीका खेलाडीले पूरै अवधिभर डटेर खेलेको बताउनुभयो । रासस