३० आश्विन २०८३, शुक्रबार

मोदीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध अझै प्रगाढः परराष्ट्रमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahendra-pandey

काठमाडौँ, १४ साउन । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बुधवारको संसद् बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण कार्यक्रमबारे जानकारी गराउनु भएको छ ।

उहाँले आगामी १८ र १९ गते हुने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको समेत जानकारी दिनुभयो । ‘१७ वर्षपछि भारतीय प्रधानमन्त्रीले द्धिपक्षीय औपचारिक भ्रमण गर्न लाग्नुभएको हो,’ उहाँले भन्नुभयो ।

उहाँले दोस्रो संविधानसभाको चुनावपछि स्थायी सरकार भएकाले भारतीय प्रधानमन्त्रीसँगको भेटमा मुद्दा सशक्त राख्ने, भ्रमणलाई प्राथमिकता दिने नीति अनुसार दुई देशको सम्बन्ध अझै प्रगाढ हुने पनि संसद्लाई जानकारी गराउनु भयो ।

‘प्रधानमन्त्री मोदीको भ्रमणमा दुबै देशका प्रधानमन्त्रीबीच एक्लाएक्लै तथा प्रतिनिधिहरुसहित पनि भेट हुने छ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी उहाँले मोदीले संसदलाई सम्बोधन गर्ने र पशुपति दर्शन गर्ने कार्यक्रम रहेको समेत जानकारी गराउनु भयो । मोदीको भ्रमणमा प्रमुख दलसँग राष्ट्रिय सहमतिका लागि छलफल चलाइरहेको पनि जानकारी दिनुभयो ।