– विकाश पराजुली
बुटवल १७ चैत । बुटवलमा जारी प्रथम सिपीएन युएमएल प्रेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ अन्तर्गत आज (बुधबार) भएको खेलमा सुनौलो संगम युवा क्लव रुपन्देही विजयी भएको छ ।
घरेलु मैदानमा दर्शकको साथ पाएको सुनौलो संगम युवा क्लवले चिरपरिचीत प्रतिद्वन्द्वी चितवन–११ लाई ३–० ले हराउँदै विजयी भयो । बुटवल १२ रामनगर स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको प्रतियोगितामा सुनौलो संगमका लागि पहिलो गोल खेलको तेस्रो मिनेटमा दामु थापाले गोल गरे ।
एक पछि अर्को गर्दै पोष्ट आर्कमण गरेको सुनौलो संगमले अर्को गोल खेलको ३५ औं मिनेटमा रितेश मल्लले गरे । पहिलो हाफमा २–० ले पछाडि परेको चितवन–११ ले थप एक गोल खान पुग्यो । सुनौलो संगमका लागि खेलको ५५ औं मिनेटमा अशोक थापाले गोल गरेका थिए ।
खेल अबधिभर चितवन–११ ले कुनै पनि गोल गर्न सकेन र घरेलु मैदानमा सुनौलो संगम युवा क्लव सँग ३–० को हार व्यर्हो¥यो ।
जित सँगै सुनौलो संगम युवा क्लवले चैत २० गते पश्चिमाञ्चल प्रहरी टिम, बुटवल सँग प्रतिस्पर्धा गर्नेछ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा भएको प्रतियोगिता २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन–११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत आज (विहिबार) ठिक साढे २ बजे सिम्रिक युवा क्लव रुपन्देही र नवलपरासी–११ का प्रतिस्पर्धा हुनेछ ।
















प्रतिक्रिया