१६ कार्तिक २०८३, सोमबार

सञ्चार उद्यमी सिंघानियाको हत्याका योजनाकार सात वर्षपछि पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra deep Yadavधनुषा, १७ चैत । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्याका मुख्य योजनाकार ७ वर्षपछि पक्राउ परेका छन् ।

सिंघानियाको हत्याका योजनाकार मानिएका चन्द्रदीप यादवलाई प्रहरीले गएराति जनकपुर–१ स्थित एक घरबाट पक्राउ गरेको हो । टुडे सञ्चार समूहका अध्यक्ष तथा जनकपुर टुडे दैनिक पत्रिकाका प्रकाशक सिंघानियाँको २०६६ साल फागुन १७ गते होली पर्वको साँझ जनकपुर शीवचोकमा गोली हानी हत्या भएको थियो । होली मनाएर घर फर्कने क्रममा सिंघानियालाई दुई जनाले गोली हानेका थिए । भूमिगत संगठन तराई जनतान्त्रिक मुक्ति मोर्चा र तराई जनतान्त्रिक पार्टी मधेसले संयुक्त रुपमा घटनाको जिम्मेवारी लिएका थिए ।

सिंघानिया हत्या अनुसन्धानका क्रममा प्रहरीले चन्द्रदीप यादवसँगै रामविनोद यादवलाई योजनाकार ठहर गर्दै जिल्ला अदालतमा मुद्दासमेत दर्ता गराइसकेको छ ।

गणेशमान–चारनाथ नगरपालिकास्थित भरतपुर–६ घरियाका चन्द्रदीप यादव फोरम लोकतान्त्रिकको तर्फबाट धनुषा क्षेत्र नम्बर ६ बाट पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार भएका थिए ।

चन्द्रदीप यादव गत माघमा नेपाली कांग्रेस धनुषाका नेता राजेन्द्रप्रसाद यादवको हत्यामा समेत संलग्न रहेको प्रहरीको दाबी छ ।