१ कार्तिक २०८३, शनिबार

सर्वाधिक राशिको भलिबल प्रतियोगिताको तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

volleyballभद्रपुर, १७ चैत । मोफसलमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

झापाको दुवागढी–६ धाइजनमोडमा आगामी २०७३ वैशाख २ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टिमले १५ खेल खेल्नेछन् ।

प्रतियोगितामा पाँच विकास क्षेत्रमध्येबाट तीन टिम र नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा जाउलाखेल भलिबल क्लबका टिम रहने नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य लेखनाथ पराजुलीले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने प्रतियोगिताका प्रथम विजयीलाई नगद रु तीन लाख १५ हजार, दोस्रो विजयीलाई नगद रु एक लाख ७५ हजार तथा तेस्रोलाई नगद रु एक लाख १० हजार सिल्ड ट्रफि तथा प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई नगद रु २५ हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण रिजालले जानकारी दिनुभयो । रासस