काठमाडौं, १७ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ५४ हजार दुई सय रुपैयाँमा कारोवार भएको एक तोला सुनको मूल्यमा तीन सय रुपैयाँले बढेर बुधबार प्रतितोला ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको भाउ भने यथावत छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको र नेपालमा डलरको विनिमय दर पनि बढी नै भएकाले सुनको भाउ उकालो लागेको हो ।















प्रतिक्रिया