८ कार्तिक २०८३, आइतबार

सिंहदरबारमा रुवाबासी- ‘हामी बर्वाद भयौँ सर ! अब कहाँ जाने ? के गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Durbarकाठमाडौं, १७ चैत । सिंहदरबारको एउटा कुनामा दुई कलिला युवती हिक्क–हिक्क रुन्छन, ‘हामी बर्वाद भयौँ सर ! अव कहाँ जाने ? के गर्ने ? सरकारी स्वामित्वको नेपाल टेलिभिजनभित्र त्यसरी दिनैजसो रुवाबासी गर्ने युवती हुन्, हेटौँडाकी सिर्जना नेपाल र मानवी केसी ।

यी चेलीलाई दिनरात रोएर हिँड्नुपर्ने अवस्थामा पुर्याएका हुन्, मीनेन्द्र रिजालसँग सबै बानी–व्यहोरा मिल्ने संचालक समिति अध्यक्ष महेश दाहालले । दुवै फुच्ची हेटौँडामा काम गर्थे, एफएमको आरजेको रुपमा । टेलिभिजन अध्यक्ष नियुक्त भएपछि महेशले उनीहरुमाथि आँखा मात्र लगाएनन् साथै काठमाडौँ लिएर आएको समाचार जनआस्ता साप्ताहिकले छापेको छ ।

सुरुमा इन्टर्नशीपका लागि ल्याएको भने । तर, पत्रकारिताका विद्यार्थीले स्नातक तेस्रो वर्षको परीक्षा दिनअघि गर्नुपर्ने ‘कार्यमूलक पत्रकारिता’ का लागि ती फुच्चीहरु योग्य दिएनन् । एफएममा काम गर्दै, त्यहाँबाट आएको तलबले कलेजको शुल्क तिर्नुपर्ने गरिबका छोरीले जम्माजम्मी प्लस टुमात्र पास गरेका रहेछन् ।

भोकालाई भोजन कति प्यारो हुन्छ रु त्यस्तै गरे, महेशले । नेपाल टेलिभिजनको समाचार वाचिका बनाइदिन्छु भन्दै काठमाडौँ ल्याए । अध्यक्षले ल्याएका मान्छेलाई नराख्ने कुरै भएन । समाचार शाखामा तीन महिना काम पनि गरे । तर, एक अवधिको करार सकिएपछि टेलिभिजनले म्याद थपेन् । किनभने योग्यता पुगेन् । महेशले पहिल्यै भनेका रहेछन, ‘तीन महिनाको एक्सपेरियन्स लिनु, त्यसपछि तिमीहरुको जिम्मा म भएँ । त्यसो भन्ने महेश काम नभएको दिन गाडीमा दिनैपिच्छे नयाँ नयाँ युवतीका साथ पुग्छन । ती युवतीलाई स्टुडियो देखाउँछन् र आफ्नो कार्यकक्षमा एसी खोलेर खाजा अर्डर गर्छन ।