इलाम, १७ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र उहाँका दुईजना भाइले नेकपा (एमाले) साँखेजुङ गाउँ कमिटीलाई सात आना जग्गा दान दिनुभएको छ ।
नेपालटार बजार क्षेत्रमा रहेको करिब आठ लाख मूल्य पर्ने उक्त जग्गा खनाल र उहाँका भाइ पोटनाथ र दाताराम खनालले दान दिनुभएको हो । उक्त जग्गामा चाँडै नै पार्टीको कार्यालय निर्माण थालिने एमाले जिल्ला कमिटी सदस्य कृष्ण गुरुङले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया