१ कार्तिक २०८३, आइतबार

मोदीको नेपाल भ्रमणमा भारतीय सञ्चार माध्ययमको चासो किन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modi

काठमाडौँ, १४ साउन ।  भारतीय दैनिक पत्रिका ‘इन्डियन एक्सप्रेस’ले बुधबारको सम्पादकीयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका क्रममा नेपालसँग सीमा जोडिएका भारतका पाँचवटा राज्यका मुख्यमन्त्रीलाई समावेश गर्न सुझाव दिइएको छ ।

सम्पादकीयमा नेपालसँगको सम्बन्ध प्रगाढ बनाउन र समस्या समाधान गर्न बिहार, उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल र सिक्किमका मुख्यमन्त्रीलाई पनि मोदीको आसन्न नेपाल भ्रमणमा समावेश गराउन सुझाब दिइएको छ ।

‘नेपाल–भारत साझेदारी, सीमा ब्यबस्थापन, पानी र जलस्रोत ब्यबस्थापन, सीमापार सुरक्षा र अपराध तथा यातायात लगायतका मुद्दा यी पाँचवटै राज्यसँग जोडिएका छन्’ सम्पादकीयमा उल्लेख छ,’ ‘यी पाँचै मुख्यमन्त्री भारतीय जनता पार्टीसँग सम्बन्धित नभएकाले पनि यो राजनीतिक हिसावले निकै सन्देशमूलक हुने छ ।’

सम्पादकीयमा पाँचवटै राज्यका मुख्यमन्त्रीलाई भ्रमणमा समावेश गर्न नसके सरकारले यी पाँचै मुख्यमन्त्रीसँग नेपालसँग जोडिएका समस्या र सम्भावनाबारे राय लिनुपर्ने सुझाव दिइएको छ ।

नेपालले लामो समयदेखि माग गर्दै आएको सन् १९५० को सन्धीको पुनरावलोकन गर्न भारत तयार रहेको सन्देश जानुले मोदी सरकारको नीतिगत परिवर्तनलाई संकेत गरेको सम्पादकीयमा उल्लेख छ ।