१ कार्तिक २०८३, शनिबार

कोहलीले तोडे रेकर्ड, बने विश्वकै नम्बर वान ब्याट्सम्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

viratkohliap

काठमाडौं, १६ चैत । भारतमा जारी आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका भारतीय क्रिकेटर विराट कोहलीले नयाँ रेकर्ड कायम गरेका छन् ।

उनी आईसीसीको टी–२० र्याङ्किङमा नम्बर वान ब्याट्सम्यान बन्न सफल भएका हुन् । भारतले खेलेकामध्ये तीन वटा खेलमा जिताउने भुमिका निभाएका कोहलीले ९२ रनको औसतमा १८४ रन बनाइसकेर आईसीसीको नयाँ र्याङ्किङमा पहिलो नम्बरमा परेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि कोहली दोस्रो नम्बरमा थिए । टी–२० को शीर्ष दशको सूचीमा भारतबाट कोहली बाहेक अन्य कुनै खेलाडी परेनन् ।

भारतले बिहीबार हुने सेमिफाइनलमा वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।