३० आश्विन २०८३, शुक्रबार

खोलाले बगाएका चेपाङ मृत भेटिए, नुवाकोटमा डुबेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatwan-1

रत्ननगर (चितवन), १४ साउन । पूर्वी चितवनको मार्तल खोला तर्ने क्रममा खोलाले बगाएका एकजना चेपाङको ज्यान गएको छ ।

चितवन पिप्ले– ९ धमिले बस्ने वर्ष ४५ को दिलबहादुर चेपाङको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ ।

खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका चेपाङलाई खोजतलासका क्रममा भण्डारा–२ ढुङ्ग्रे खोलास्थितमा किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

श्रीमतीसँगै बजारबाट घर जान मार्तल खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।

यसैबीच, चितवनको मङ्गलपुर–४ स्थित नारायणी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएका स्थानीय सन्दिप दाहाललाई उद्धार गरिएको प्रहरीले बताएको छ ।

नदीले बगाएको भन्ने खबर प्राप्त भएपछि चितवनको चनौलीबाट प्रहरी र नेपाली सेना राजीव गणको टोलीले खोजतलासका क्रममा चित्रवन नगरपालिका– ८ गोबे्रनीबाट उनलाई सकुशल उद्धार गरेको छ ।

त्यसैगरी यता नुवाकोटको राउतबँेसी गाविस–९ करेजुङमा रक्सीको कडमा डुबेर एक बालकको ज्यान गएको छ ।

बिहान करेजुङका सिर्चा तामाङको दुईवर्षे छोरा रक्सीको कडमा डुबेको र उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको समुन्द्रटारका पवित्रा श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसैबीच, नुवाकोटको गणेस्थान गाविसमा गएको पहिरोले एक दर्जनभन्दा बढी घरलाई क्षति पु¥याएको छ । साथै, थुप्रै मकै बाली पहिरोमा पुरिएको छ ।

गणेस्थान गाविस वडा नं ५ र ६ का एक दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेको र थुप्रै किसानको मकै बाली पहिरोमा परेको किसानले बताएका छन् । घर छेउमा गएको पहिरोका कारण रामबहादुर विक र शम्भुबहादुर ढकालको परिवार असुरक्षित बनेको छ ।२८–