१ कार्तिक २०८३, शनिबार

अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket1नवलपरासी, १६ चैत । नवलपरासीमा चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताउनुभयो ।

प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र रुपन्देहीबाट करिब २० टिम सहभागी हुने क्लबले बताएको छ । प्रतियोगिता रातिमा हुने भएकाले टाढाबाट आउने खेलाडीलाई खाना तथा बस्नको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको हरेक लिग म्याच भारत र नेपालका समूहबीच खेलाइने छ । गत वर्ष पनि उक्त क्लबको आयोजनामा रातिमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो ।

विद्युत् आपूर्ति अवरुद्ध

हावाहुरीका कारण विद्युत् पोल भाँचिँदा सोमबारदेखि नवलपरासीमा सहज रुपमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । तीव्र गतिको हावाहुरीका कारण नवलपरासीमा विभिन्न क्षेत्रमा बिजुलीका पोल भाँचिएका छन् ।

नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख उमेश यादवका अनुसार हावाहुरीले दिव्यपुरी र कावासोती क्षेत्रमा बिजुलीका पोल भाँचिएका छन् । रासस