३० आश्विन २०८३, शुक्रबार

पेस्तोलको मुल्य मात्र १२ हजार, किनबेच गरिरहेका तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

तनहुँ, १४ साउन । कटुवा पेस्तोल खरिद–बिक्री गर्दै गरेको अवस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय आँवुखैरेनीले धनुषा जिल्ला वैगडावड–९ लालगण बस्ने २३ वर्षीय गणेश श्रेष्ठ, २० वर्षीय राजु लामा र २१ वर्षीय दीपक बराललाई मंगलबार पक्राउ गरेको हो ।

आँवुखैरेनी गाविसस्थित गाउँबेसी कृषि अनुुसन्धान केन्द्रमा मिस्त्री काम गर्दै आएका दीपक बराललाई १२ हजारमा बिक्री गर्न श्रेष्ठ र लामा धनुषाबाट पेस्तोल र गोली लिएर आएको प्रहरीले जनाएको छ ।

शंकास्पद अवस्थामा सडकमा हिँडिरहेका युवालाई गस्ती प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट पेस्तोल र दुई थान गोलीसहित उनीहरू पक्राउ परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।