३० आश्विन २०८३, शुक्रबार

रक्सी खाएर झगडा गर्नेलाई रूखमा बाँधेर सजायको व्यवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksi-Sewan

मोरङ, १४ साउन । गाउँमा बढ्दै गएको झैँझडामा रक्सी र लागुऔषध मुख्य कारण रहेको ठान्दै मोरङ राजघाट–८ चक्रेटोलवासीले लागुऔषध र रक्सी सेवन गरेर झैझगडा गर्नेलाई गाउँमा १२ घण्टा बाँधेर आफँैले सजाय दिने निर्णय गरेका छन् ।

गाउँमा बढ्दो झँैझडालाई न्यूनीकरण गर्न सोमबार भेला भएको गाउँलेको बैठकले स्थानीय आमा समूहकी अगुवा बिमला पोमूको अध्यक्षतामा सुरक्षा समिति गठन गरेर दोषीलाई सोही समितिबाट कारबाही गर्ने निर्णय गरेका हुन् ।

उनीहरूले गाउँमा रक्सी र लागुऔषध खाएर होहल्ला गर्नेलाई गाउँको मुख्य चौकमा रहेको ठूलो बरको रूखमुनि १२ घण्टा डोरीले बाँधेर सजाय दिने र आइन्दा होहल्ला गर्दिन भन्ने प्रतिबद्धता गराए छाड्ने निर्णय गरेको स्थानीय प्रभाति निमाविका शिक्षक मोहन चापागाईंले जानकारी गराउनुभयो ।

गाउँलेले आफूले मिलाउन र कारबाही गर्न नसकेका घटना मात्र प्रहरी चौकीमा लाने निर्णय गरेका छन् । चक्रेटोल मोरङको उर्लाबारी नगरपालिकादेखि करिब चार किलोमिटर दक्षिणमा पर्दछ ।