३० आश्विन २०८३, शुक्रबार

सप्तरीमा छोराका हत्यारा पक्राउ, तेह्रथुममा भाला हानी बुहारीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadi

काठमाडौं, १४ साउन । सप्तरीको कोचावखारी–९ कुपहीका ८ वर्षीय गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

छोराको हत्या गरी फरार ३५ वर्षीय श्रवण खङ्ग खत्वेलाई सप्तरीको बिसहरिया–२ स्थित सिग्यौन दमावतीबाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिनुभयो ।

आरोपितले गत बिहीबार छोराको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेका थिए । हत्यामा प्रयोग भएको बन्चरोसहित बालकको शव बरही वीरपुर–१ स्थित घोडदह खोलाको किनारमा रहेको पिपलको रूखनजिक शुक्रबार फेला परेको थियो ।

मृतकका मामाली हजुरबुबा दिघवा–७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा आरोपितविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

यता, तेह्रथुमको सोल्मा–८ का ४५ वर्षीय मोहन लिम्बूले आफ्नै भतिजी बुहारीको भाला प्रहार गरी हत्या गरेका छन् ।

घरायसी विवादका कारण १९ वर्षीय भतिजी बुहारी फूलमायाँ लिम्बूलाई भाला प्रहार गरी हत्या गरेका हुन् । मङ्गलबार अपराह्न काकाससुरा र भतिजीबुहारीबीच झगडा भएपछि ससुराको भाला प्रहारबाट बुहारी फूलमायाँको घटनास्थलमा नै मृत्यु भएको हो ।

त्यस्तै काकाको भाला प्रहारबाट २१ वर्षीय भतिजा वीरेन्द्र लिम्बू पनि गम्भीर घाइते भएका छन् । घाइते भतिजा वीरेन्द्रको थप उपचारका लागि बिपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ । हत्या गर्ने मोहनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।