१ कार्तिक २०८३, शनिबार

कोहली चम्किएपछि भारत विश्वकपको सेमिफाइलनमा, अष्ट्रेलिया ६ विकेटले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India World T20 Cricket India Australia

काठमाडौं, १५ चैत । विराट कोहलीको उत्कृष्ट प्रदर्शनसँगै आयोजक भारत टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा आइतबार राति मोहाली मैदानमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सेमिफाइनलको यात्रा तय गरेको हो । अब भारतले सेमिफाइनलमा वेष्ट इण्डिजको सामना गर्नेछ ।

टस हारेर अन्तिममा व्याटिङ गरेको भारतका लागि कोहलीले ५१ बलमा सर्वाधिक ८२ रन बनाए । कप्तान एमएस धोनीसँग ६७ रनको साझेदारी गरेका उनले ९ चौका, २ छक्का प्रहार गरे । १८ बल खेलेका अर्का क्रिकेटर युवराज सिंहले १ छक्का, १ चौकासहित २१ रन जोडे । रोहित शर्मा १२, शिखर धवन १३, शुरेश रैना १०, कप्तान धोनीले १८ रन जोडे ।

अष्ट्रेलियाका शेन वाट्सनले २ तथा न्याथन कल्टनायल र फाउलकेनरले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो । ४३ बल खेल्दै तीन चौका र दुई छक्का प्रहार गरेकार आरोन फिन्चले अष्ट्रेलियाका लागि सर्वाधिक ४३ रन बनाए । यस्तै म्याक्सवेलले ३१, उसमान खावाजाले २६ रन जोडे ।

भारतका हार्दिक पाण्डेले दुई विकेट लिए ।