१६ कार्तिक २०८३, सोमबार

अत्तरियामा राति भीषण आगलागी, अझै नियन्त्रणमा आएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fireधनगढी, १४ चैत । कैलालीको अत्तरिया नागरपालिको मुख्यचोकमा रहेका पसलमा केही बेरअघि भीषण आगलागी भएको छ ।

स्थानीय एक गहना पसलबाट सुरु भएको आगो अन्य छ/सात वटा पसलमा पनि सल्किएको स्थानीयवासी भीष्मराज पाठकले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी दङ्गा नियन्त्रण गण अत्तरियाको टोली र स्थानीयवासी अहिले आगो निभाउने प्रयासमा जुटेका छन् ।

धनगढी उपमहानगरपालिका र महेन्द्रनगर नगरपालिकाको वारुणयन्त्र पनि आगो नियन्त्रणमा लिन घटनास्थलतर्फ गएका छन् । रासस