लाहोर (पाकिस्तान), १४ चैत । पाकिस्तानको अतिव्यस्त एक पार्कमा आइतबार विस्फोट हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ ।
विस्फोटका कारण अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि लाहोरका उच्च प्रशासकीय अधिकारी मोहम्मद उस्मानले गर्नभएको छ । विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश केटाकेटी र महिला रहेका छन् ।
उद्धारका लागि तैनाथ ११२२ सेवा समूहका प्रमुख अर्साद जियाले भने विस्फोटमा परी ५२ जनाले ज्यान गुमाएको र कम्तिमा १०० जना घाइते बताउनुभएको छ । रासस/एएफ्पी











प्रतिक्रिया