३० आश्विन २०८३, शुक्रबार

चीनबाट आयो अर्काे ठूलो प्रस्ताव, भारतको दाबी असत्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Xi-jin-Ping

– तिर्थ भट्टराई

छन्दु (चीन), चैत १४ । चीनका निजी क्षेत्रका कम्पनीले नेपालको झापा दमकमा नेपालकै सबैभन्दा अग्लो बुद्धमूर्तिसहितको अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने इच्छा व्यक्त गरेका छन् ।

भारतले बुद्ध भारतमै जन्मेको र प्रमाणपनि आफूसँग रहेको झुटो दाबी गरिरहेका बेला चीनले सबैभन्दा ठूलो बुद्ध मूर्ति बनाउने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपालले स्वीकार गरे भारतको दाबीलाई अझै झुटो सावित गरिदिनेछ ।

शनिबार छन्दुको जिनजियाङ होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुले सो प्रतिबद्धता व्यक्त गर्दै नेपालको भूकम्पपीडित जिल्लामा पुनःनिर्माण, पूर्वाधार निर्माण तथा पीडितका लागि रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न चाहेको बताएका हुन् ।

सो छलफलमा ती कम्पनीले पुनःनिर्माणमा सहयोग गर्न चाहेको र उनीहरुले सिचुवान प्रान्तको पुनःनिर्माण कोषमार्फत सो सहयोग गर्न चाहेको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । सो कोषमार्फत नै सिचुवानको वेनचुवानमा पनि पुनःनिर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसअन्तर्गत विशेष आर्थिक क्षेत्र पनि स्थापना हुन सक्ने उहाँले बताउनुभयो । सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल बुद्ध धर्मावलम्बीका लागि मक्का जस्तै भएकाले नेपालको दमकमा यस्तो मूर्ति बन्नु खुसीको कुरा हुने बताउनुभयो ।

कार्यक्रममा सिचुवान पुनःनिर्माण कोषका निर्देशक वेन्वु देङ र उपनिर्देशक तियानलोङ याङले पनि सो प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यसैबीच, शनिबार नै प्रधानमन्त्री ओलीको उपस्थितिमा दमक क्लिन इण्डष्ट्रियल पार्कका सल्लाहकार भाष्करराज राजकर्णीकार र चीनको ग्लोबल एनजिओ युनियनका कार्यकारी अध्यक्षबीच दमकमा सो औद्योगिक स्थल निमार्णसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।

सो पार्क रतुवा र मावा नदीको किनारमा दुई सय विघा जमिनमा निर्माण गरिने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीले बताउनुभयो ।

सो अवसरमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्यले यो समझदारी छ महिनाको प्रयासपछि भएको र यसमा चीनबाट १७ करोड अमेरिकी डलर लगानी हुने जानकारी दिनुभयो । रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।