– अनिल खत्री
गुल्मी, १४ चैत । भर्खरै गुल्मी जिल्लामा सरुवा भईआउनु भएका प्रहरी उपरीक्षक भोलाबहादुर रावललाई गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले स्वागत गरेको छ ।
रावल प्रहरी उपरीक्षकको हैसियतमा गुल्मीको पहिलो प्रहरी प्रमुख पनि बनेका छन् । यसअघि यहाँ प्रहरी नावय उपरीक्षक (डीएसपी) जिल्ला प्रहरी प्रमुख थिए ।
सरकारले पहाडी थप केहि जिल्लामा एसपीको दरबन्दी कायम गरेसगै पहाडी केहि जिल्लामा एसपीको दरबन्दी थप भएको छ । त्यसैक्रममा रावल एसपीको हैसियतमा गुल्मीको पहिलो प्रहरी प्रमुख बनेका हुन् ।
उनलाई वाणिज्य संघले आईतबार एक कार्यक्रमको आयोजना गरि जिल्लामा भव्य स्वागत गरेको हो ।













प्रतिक्रिया