१६ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री फर्केलगत्तै प्रधानसेनापति क्षेत्री चीन उडे, बेइजिङमा भव्य स्वागत हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-chettri-army (1)

काठमाडौं, १४ चैत । साताव्यापी भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केलगत्तै प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन प्रस्थान गरेका छन् ।

चीनको जनमुक्ति सेनाका चीफ अफ जनरल स्टाफ फङ फेनगुईको औपचारिक निमन्त्रणामा साताव्यापी भ्रमणमा प्रधानसेनापति क्षेत्री आइतबार बेइजिङ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालय जंगीअड्डाले जनाएको छ ।

८ सदस्यीय भ्रमण दलसहित चीन उडेका क्षेत्री आजै बेईजिङ्ग पुग्ने कार्यक्रम छ ।

प्रधानसेनापति क्षेत्रीलार्ई बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । यसअघि प्रधानसेनापति क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपालस्थित चीनका चार्ज डी अफेयर्स, रक्षा सचिव जयमुकुन्द खनाल, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

army-chief

प्रधान सेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलममा पहिलो पटक हुन लागेको चीन भ्रमणकोे दौरान प्रधानसेनापति क्षेत्रीले चीनका विभिन्न सैनिक संरचनाको भ्रमण लगायत उच्चस्तरीय पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Rajendra-chettri-army (2)

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त अवधिभर प्रधान सेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी बलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।