काठमाडौँ, १४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र एशियाली विकास बैंक (एडीवी) उपाध्यक्ष उइनकाई ज्याङबीच भेटवार्ता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज भएको भेट मन्त्री पोखरेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण र लुम्बिनी विकास कोषलाई पूर्वाधार निर्माणमा गरिरहेको सहयोगप्रति आभार व्यक्त थप सहयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा सेवामा सुधार गर्ने उद्देश्यले हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको सहयोग गर्न आग्रह गर्दै भूकम्पले क्षति पु¥याएका जिल्लाहरु पुनः निर्माण र ग्रेस हिमालयन ट्ेलको पूर्वाधार विकासमा सहयोग गर्न मन्त्री पोखरेलले सहयोग अपेक्षा गर्नुभयो ।
एडीवीका उपाध्यक्ष ज्याङ्ले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । एडीवीले हाल गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण र लम्बिनी विकास कोषलाई पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ ।













प्रतिक्रिया