१६ कार्तिक २०८३, सोमबार

मञ्जरी पब्लिकेशनद्वारा लेखनवृत्ति पुरस्कार स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manjari House

झापा, १४ चैत । युवा लेखक तथा साहित्यकारलाई प्रोत्साहित गर्ने उद्देश्यले मञ्जरी पब्लिकेशनले एक लाख रुपैयाँ राशीको युवा लेखनवृत्ति पुरस्कार शुरु गरेको छ ।

आख्यान विधामा प्रदान गरिने उक्त पुरस्कारका लागि पब्लिकेशनले साहित्यकार लाई आफूले लेख्न चाहेको उपन्यासको एक हजार पाँच सय शब्दसम्मको कथासार पठाउन आह्वान गरेको छ ।

सीमान्तकृत वर्ग तथा लोपोन्मुख जातजाति र संस्कारलाई आख्यान विधामार्फत संरक्षण गर्ने उद्देश्यले लेखनवृत्ति पुरस्कारको शुरुवात गरिएको मञ्जरी पब्लिकेशनले जनाएको छ ।

‘लोपोन्मुख एवम् मौलिक कला, संस्कृतिमाथि कलम चलाउन चाहने प्रतिभावान स्रष्टाहरूलाई आर्थिक अभाव नहोस् भनेर हामीले यो पुरस्कार शुरु गरेका हौँ’, पब्लिकेशनका कार्यकारी प्रमुख एवम् साहित्यकार कृष्ण अविरलले भने – ‘प्राप्त कथासारमध्ये उत्कृष्टलाई एक लाख राशीको लेखनवृत्ति पुरस्कार र उत्कृष्ट चारमा पर्ने अन्यलाई आकर्षक लेखकस्वसहित लेखन सम्झौता गरिनेछ ।’

कथासार पठाउनका लागि २०७३ वैशाख १५ गतेसम्मको अवधि तोकिएको छ । उपन्यासविधाबाट शुरु गरिएपनि आउँदा वर्षमा अन्य विधामा पनि लेखनवृत्ति पुरस्कारको व्यवस्था गरिने र पुरस्कारको राशी पनि थप गर्दै लगिने पब्लिकेशनले जनाएको छ ।