१६ कार्तिक २०८३, सोमबार

कविता महोत्सवमा १ सय ४३ कविबीच प्रतिस्पर्धा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

g]kfn k|1f k|lti7gsf] %* cf}F jflif{sf]T;jsf] pknIodf cfof]lht /fli6«o sljtf dxf]T;j @)&@ sf] cfOtaf/ g]kfn k|1f k|lti7g sdnfbL sf7df8f}Fdf ePsf] pb3f6g ;df/f]xdf ;efd'v cf]g;/L 3tL{ nufot .  tl:a/ M /f]zg ;fksf]6f,/f;;

काठमाडौंं, १४ चैत । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को कार्यसञ्चालन नियमावली निर्माणमा राजनीतिक खिंचातानी नगरी छिटो टुङ्गो लगाउने कार्यमा सघाउन राजनीति दलहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ५८ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित राष्ट्रिय कविता महोत्सव २०७२ को उद्घाटन गर्दै उहाँले नियमावली बनेपछि संसद्को कामकारबाही अझै व्यवस्थित र प्रभावकारी हुने बताउनुभयो ।

उहाँले नयाँ संविधानको सफल कार्यान्वयनबाट मुलुक समृद्धि र नयाँ नेपालको चरणमा प्रवेश गरेको सन्दर्भमा कविता महोत्सवले सबै भाषाको संरक्षण र प्रतिभाको सम्मानका लागि उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा विष्णुविभु घिमिरेले काव्य जगत्मा नयाँ पुस्तालाई सिर्जनामा पे्ररित गर्न हरेक वर्ष महोत्सव आयोजना हुँदै आएको बताउनुभयो । सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले हरेक वर्ष असार ९ गते हुँदै आएको महोत्सव यस वर्ष भूकम्प र विभिन्न कारणवश ढिलो आयोजना गरेको जानकारी दिनुभयो ।

काव्य विभागका प्रमुख डा अमर गिरीका अनुसार प्रतियोगितामा १४३ कविले भाग लिएका छन् ।