काठमाडौं, १३ साउन । आफ्नै सहकर्मी युवतीको ब्लू फिल्म बनाएको आरोपमा ललितपुरको एक एफएम रेडियोका स्टेशन मेनेजर पक्राउ परेका छन् ।
ललितपुरस्थित पर्यावरणीय चक्र इसिआर एफएमका मेनेजर अष्टमान किसी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि आफ्नै कार्यालयकी कर्मचारीको गोप्य तस्वीरहरू खिचेर ब्लाकमेलिङ गरेको आरोप छ । उनलाई एक सातादेखि ललितपुर प्रहरीले थुनामा राखेको छ ।
स्रोतका अनुसार सोही कार्यालयमा कार्यरत एक तामाङ थरकी युवतीलाई उनले नांगो फोटो र भिडियो खिचेर ब्लाकमेलिङ गरेका हुन् ।
नांगो फोटो विदेशमा पठाउँदा डलर आउने भन्दै उनले युवतीलाई होटलमा लगेर नङग्याई फोटो र भिडियो खिचेका थिए । पटकपटक आफूलाई यौन शोषण समेत गरेको युवतीको दावी छ ।
तलब पनि नदिइएका र ब्लाकमेलिङ गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले महर्जनलाई पक्राउ गरेको हो ।














प्रतिक्रिया