२९ आश्विन २०८३, बिहिबार

पूर्व युवराज पारस शाहको नयाँ तस्वीर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-shaha-1

काठमाडौं, १३ साउन । पूर्व युवराज पारस शाहको पछिल्लो तस्वीर सार्वजनिक भएको छ । पछिल्लो सार्वजनिक तस्वीरमा पासर निकै दुब्लो देखिएका छन् ।

कालो चश्मा र समान्य पहिरनमा देखिएका शाह मुस्कुराउँदै गरेको तस्वीर एनआरएन थाइल्याण्डका उपाध्यक्ष सुमन अधिकारीले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

कपाल निक्कै लामो पालेका उनको तस्वीरमा घाँटीमा रुद्राक्षको माला लगाएको देखिन्छ । शाह सोमबार बैंककस्थित शिव मन्दिरमा पुगेर मन्दिरमा पुजा–आजा गरेका थिए ।

शाहले शिव मन्दीरमा तस्वीर खिचाएका थिए । लामो समयदेखि शाह थाइल्याण्ड बस्दै आएका छन् ।