काठमाडौं, १३ साउन । रिन्पोचेको शव अन्तिम संस्कारका लागि भुटानबाट मंगलवार काठमाडौं ल्याइएको छ ।
मन्त्रिपरिषद्ले रिन्पोचेको शव नेपाल ल्याउन अनुमति दिने औपचारिक निर्णयपछि ड्रुक एयरलाइन्सको चार्टंर उडानबाट रिन्पोचेको शव काठमाडौं ल्याइएको हो।
काठमाडौं विमानस्थलबाट उनको शव सिधै रानीबनस्थित शरमिनाभ गुम्बामा लगिएके छ ।
उहाँको शव मंगलबार र बुधबार अन्तिम श्रद्धाञ्जलीका लागि राखेर बिहीबार त्यही अन्तिम संस्कार गरिने तयारी छ ।
रिन्पोचेको शव काठमाडौं ल्याउने खबर सुनेपछि बिहानदेखि रानीबनको शरमिनाभ गुम्बा र विमानस्थलमा उनका भक्त तथा अनुयायीहरुको भीड लागेको थियो ।
गत जेठ २८ मा जर्मनीमा निधन भएका रिन्पोचेको शव शनिबार थिम्पुमा पु¥याइएको थियो।
राजदम्पती तथा भुटानस्थित अन्य श्रद्धालुको अन्तिम दर्शनका लागि थिम्पु लगिएको कुदुङ ड्रुक एअरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
















प्रतिक्रिया