
रौतहट, १३ साउन । जंगली हात्तीको आक्रमणमा परी रौतहटमा एक महिलाको ज्यान गएको छ ।
राष्ट्रिय वन क्षेत्रमा दाउरा लिन गएकी सिमरी ५ का रवी माझीकी ३० वर्षीया पार्वती माझीको मृत्यु भएको हो ।
बिहान खाना खाएर जंगलमा दाउरा खोज्न गएको बेला माझीलाई साइकलमा फर्कदै गर्दा धन्सर खोला नजिक हात्तीले आक्रमण गरेको थियो । ।















प्रतिक्रिया