१ कार्तिक २०८३, आइतबार

राष्ट्रहित अनुकुल रहेर मात्र भारतसँग सम्झौता गर्नुः कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, साउन १३ ।flag-ncc नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न भ्रमणका क्रममा राष्ट्रहित अनुकुल रहेर मात्र सम्झौता गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो सु्झाव दिएको हो ।

बैठकमा पदाधिकारीहरूले कांगे्रस सभापति समेत रहनु भएका प्रधानमन्त्री सुशील कोइरालालाई त्यस्तो सुझाव दिएको बैठकम सहभागी नेताहरुले बताए । भारतीय प्रधानमन्त्री मोदीले आगामी साउन १८ गते नेपालको भ्रमण गर्ने तय भएको छ ।

बैठकले मुलुकको स्वार्थलाई ध्यानमा राखेर उर्जा, आर्थिक, दुई पक्षीयहितका विषयमा सम्झौता गर्न पनि सुझाव दिएको थियो ।