३० आश्विन २०८३, शुक्रबार

रेष्टुरेन्टमा ग्राहकलाई यसरी सन्तुष्ट बनाउँछन् गायक देवकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3– विमल योगी

काठमाडौं, १३ चैत । राजधानीमा दिन प्रतिदिन रेष्टुरेन्ट र फाष्टफूड खुल्ने क्रम जारी छ । यसैक्रममा काठमाडौंका तिनकुनेमा अर्को रेष्टुरेन्ट एण्ड फाष्टफूड स्थापना भएको छ ।

सानो लगानीबाट गायक जय देवकोटा र उनका आफन्त जय बुढा मिलेर ‘मित्र क्याफे एण्ड थकाली भान्सा’ रेष्टुरेन्ट खोलेका हुन् । कान्तिपुर पब्लिकेशनको ठीक अगाडिको भवनको एकतलामाथि रहेको यो भान्सा घर चैत ५ गतेदेखि सञ्चालनमा आएको हो ।

सञ्चालकमध्येका देवकोटाले थोरै लगानीबाट होटेल व्यवसाय सुरु गरेको बताए । ‘म गायक हुँ’, उनले भने, ‘गायनले मात्रै केही नहुँदो रहेछ । गायनमा ग्ल्यामर्स छ । तर बाच्न गाह्रो छ ।’

7गायक देवकोटाले आफ्नो सौखको पेशा गायकीलाई भने नछाड्ने बताउँछन् । ‘गायन पेशा मेरो मनभित्रैदेखिको चाहना हो’, उनले भने, ‘यसलाई छाड्दिन । होटेल व्यवसाय पनि जारी राख्छु ।’

आर्टमा पनि राम्रो दख्ल राख्ने देवकोटाले बागबजारमा आर्ट पसल पनि राखेका छन् । आर्ट पसलको कमाइले देवकोटालाई राजधानीमा बस्न पुगेको छ ।

करीव १५ लाख लगानीबाट सुरुवात गरिएको यो रेष्टुरेन्टको शाखा छिट्टै अनामनगरमा पनि खोल्ने योजना रहेको सञ्चालक देवकोटाले बताए । उनले अनामनगरमा उपयुक्त स्थानको खोजी भइरहेको उल्लेख गरे ।

यही नामको अर्को रेष्टुरेन्ट सामाखुसीमा खोल्दैछ । सुरुवाती दिनमा राम्रो चल्न थालेपछि सामाखुसीमा पनि शाखा खोल्न थालिएको हो ।

आफूहरुले सञ्चालन गरेको ‘मित्र क्याफे एन्ड थकाली भान्सा’मा थकाली खाना, फाष्टफूडका सबै परिकारका साथै ड्रिङस पनि पाइने अर्का सञ्चालक बुढाले बताए । मम, पिज्जा, चिकेन ड्रमस्टिक, रोष्ट, मटन परिकारका साथै नेपाली खानाका परिकार आफूहरूको विशेषता रहेको बुढाले बताए ।

6पारिवारिक वातावरणको यो रेष्टुरेन्टमा दक्ष सेफ राखिएको देवकोटाले बताए । रेष्टुरेन्टको मूल्य पनि अन्य रेष्टुरेन्टकै सरह साधारण व्यक्तिले पनि खान सक्ने गरी सूची तयारी पारिएको देवकोटाले उल्लेख गरे ।

वाईफाई, गाडी र मोटरसाइकल पार्किङको राम्रो व्यवस्था रहेको ‘मित्र क्याफे एन्ड थकाली भान्सा’ले अर्डरअनुसार घर, कार्यालयमा फ्रि डेलिभरी सेवा राखिएको बुढाले बताए ।

७० जना ग्राहकलाई एकैपटक सेवा दिन सक्ने यो रेष्टुरेन्टमा किचनलाई सबैले प्रत्यक्ष देख्ने गरी डिजाइन गरिएको छ । ग्राहकले आफूले अडर गरेको खानेकुरा सेफले बनाउँदै गरेको ग्राहकले आफू बसेको स्थानबाट प्रत्यक्ष देख्न सक्ने देवकोटाले उल्लेख गरे ।

किचनलाई लिएर ग्राहकले कचकच सहनु पर्ने बाध्यतालाई हटाउन ग्राहक बस्ने र किचनसँग सँगै राखिएको व्यवस्थापनले जनाएको छ ।

1 4 5 8