१ कार्तिक २०८३, आइतबार

सुदूरका बजारमा श्रीयम ब्राण्डको मसला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shreeyam

धनगढी, १२ चैत । नुन बाहेक अरु सामग्री मिसाउन नपर्ने स्वदेशी उत्पादन श्रीयम ब्राण्डको मसला सुदूरपश्चिमका शहरबाट विक्री वितरण सुरु भएको छ ।

अन्नपूर्णा इण्डष्ट्रिज प्रालीले उत्पादन गरेको श्रीयम ब्राण्डको मसला सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट आजदेखि धनगढी बजारमा विक्री वितरण सुरु भएको अन्नपूर्णा इण्डष्ट्रिजका अध्यक्ष अमित जटियाले बताए ।

अध्यक्ष जटियाले श्रीयम ब्राण्डको मसला कैलाली लगायत सुदूरपश्चिममा उपभोक्ताको पहिलो रोजाई हुने विश्वास व्यक्त गरे । भारतीय मसलाको भरमा रहेका उपभोक्तालाई यो मसला सुदूरका बजारमा भित्रिएपछि उपभोक्ताको रोजाई बन्ने छ उनले भने ।

उपत्यका, चितवन, पोखरा लगायतका क्षेत्रमा उपभोक्ताको मन जित्न सफल रहेको कम्पनीको दाबी छ । कैलालीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दैनिक उपभोग्य बस्तु सप्लाई गर्दै आएको श्री मष्टा ट्रेड एण्ड सप्लायर्सले श्रीयम मसला भित्र्याएको बताइएको छ ।

श्री मष्टा ट्रेड एण्ड सप्लायर्सका संचालक मदन रेग्मीले स्वाद र मूल्यका हिसाबले पनि यो मसला उत्कृष्ट रहेकोले उपभोक्ताले मन पराउने बताए । काठमाण्डौंमै उत्पादन गरिएको यो मसला केही समयपछि देशभर विस्तार गरिने बताइएको छ ।

श्रीयम ब्राण्डले विभिन्न २६ प्रकारका मसला उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । मसलामा अलैची, अदुवा, बेसार, सुकमेल, जाइफल, ल्यांग, मरिच जस्ता थुप्रै खाद्य वस्तु प्रयोग गरिएको कम्पनीले जनाएको छ ।